४ श्रावण २०८३, सोमबार

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन आज तीन खेल हुनेछन् । कीर्तिपुरस्थित टीयु मैदानमा हुने खेलमा बागमती प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, मुलपानी क्रिकेट मैदानमा आजै हुने अर्को खेलमा कोशी प्रदेश र मधेश प्रदेश आमनेसामने हुनेछन् ।

त्यसैगरी भैहरवामा लुम्बिनीले गण्डकी प्रदेशसँग खेल्ने तालिका छ । तीनै खेल बिहान ९ बजेपछि सुरु हुने छन् । एकदिवसीय प्रतियोगिता राउन्ड रोविन लिगमा खेलाइनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी दश टोली सहभागी छन् ।