
काठमाडौं, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशको सभामुख लिएको विषयमा केन्द्रीय कार्य समितिको बैठक बसेपछि मात्र उचित निर्णयमा पुग्ने बताउनु भएको छ ।
शुक्रबार पृथ्वी जयन्तीको अवसरमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले कोशी प्रदेशको सभामुख लिने विषय पार्टीभित्र संवेदनशील ढंगले उठिरहेको भन्दै केन्द्रीय कार्य समितिको बैठक बसेपछि मात्र उचित निर्णयमा पुग्ने बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘सभामुखमा हामीले यो पहिलो पटक लिएका होइनौं । बागमतीमा पनि सहभागिता छ । यो नौलो कुरा होइन् । संसदमा हामी छौं भने त्यसको सर्वोच्च पद लिन कसैसँग शर्त नगरी लिन्छौं । यो विषयहाम्रो पार्टीमा संवेदनशील रुपमा उठिरहेको छ । यी सबै पक्षमा कुनै पक्ष विपक्षमा कुरा गर्नुभन्दा पार्टीको संवेदनशील ढङ्गले उठेको विषय भएकाले केन्द्रीय कार्य समितिको बैठक बसेपछि उचित निर्णयमा पुग्छौं ।’








प्रतिक्रिया