
काटमाडौं, २७ पुस । मेलम्चीको पानी अबको चार दिनमा काठमाडौंमा आइपुग्ने भएको छ ।
बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेकोमा मर्मतपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुन:काठमाडौंमा पथान्तरण गरिएको छ ।
यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने सहमति भएको थियो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आगामी माघ १ गतेदेखि काठमाडौं उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको जनाइएको छ ।









प्रतिक्रिया