
काठमाडौं, २७ पुस । हत्या, बलात्कार र मानिस बेपत्ता पारेको आरोपमा पक्राउ पर्नु भएको रामबहादुर बम्जन महोत्तरीको जलेश्वर कारागारमा हुनुहुन्छ ।
उहाँलाई जिल्ला अदालत सर्लाहीले बाल यौन शोषणको आरोपमा पुर्पक्षका लागि कारागार चलान गरेको थियो । यसैबीच बम्जनले कारागारमा अन्य कैदीले खाने खाना खान अस्वीकार गर्नुभएको छ ।
उहाँले आफूलाई छुट्टै खाना चाहिने साथै बेसार, लसुन, प्याज हालेको दाल, तरकारी नखाने बताउनु भएको हो। उहाँले अरू कैदीले खाने खाना खान नमानेपछि कारागारले उनलाई कारागारमै रहेका अन्य ५/७ जना जोगीलाई बनाएको खाना दिइएको हो ।
बम्जन जस्तै अन्य ५/७ जना जोगी विभिन्न आरोपमा कारागारमा छन् । बन्जनलाई अन्य कैदी बन्दी सरह राखिएको छ ।
उहाँ कारागारमा शान्त बस्ने गरेको र कुनै पीडाबोध नदेखिएको कारागार प्रशासनले जनाएको छ ।








प्रतिक्रिया