१६ असार २०८३, मंगलबार

श्रीमतीको हत्या गरी एक जना फरार

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २७ पुस । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका एक युवकले श्रीमतीको हत्या गरेका छन् ।

असफल कुरुम्बाङले धारिलो हतियार प्रहार गरी श्रीमती गोमा फियाकको हत्या गरेको प्रहरीले जनाएको छ ।

घरासयी विवाद मिलाउन छलफल भइरहेका बेला एक्कासी उहाँले श्रीमतीमाथि आक्रमण गर्नुभएको थियो । त्यस क्रममा छुट्याउन खोज्ने उहाँकी सासु कान्छीमाया र स्थानीय महेन्द्र श्रेष्ठ सिकिस्त घाइते हुनुभएको छ । दुवैजनाको झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्प्तालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनालगत्तै कुरुम्बाङ फरार हुनुभएको छ । प्रहरीले उहाँको खोजी गरिरहेको छ ।