१५ असार २०८३, सोमबार

बोत्सवानामा १६६ क्यारेटको हिरा फेला

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गेबोरोन, २७ पुस । हिरा अन्वेषण तथा खानीसम्बन्धी कम्पनी लुकारा डायमण्डले बुधबार बोत्स्वानाको कारोव खानीबाट १६६ क्यारेटको रत्न फेला पारेको जनाएको छ ।

क्यानाडामा मुख्यालय रहेको कम्पनीका अनुसार यो सन् २०२४ मा भएको पहिलो ठूलो खोज हो। कम्पनीले सन् २०१२ मा खानी अन्वेषण शुरु गरेदेखि १०० क्यारेटभन्दा बढीको बहुमूल्य रत्नमध्येको यो ३२८ औँ बहुमूल्य रत्न हो ।

लुकारा डायमण्ड बोत्सवानाको राजधानी गाबोरोनबाट करिब ५१२ किलोमिटर टाढा उत्तर-मध्य बोत्सवानामा रहेको कारोवे डायमण्ड माइनको एकल प्रभुत्वको कम्पनी हो । सिन्ह्वा