
जनकपुरधाम, २७ पुस । मधेश प्रदेश सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाउने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको गृहसञ्चार तथा कानून मन्त्री मोहम्मद समिमले जानकारी दिनुभयो ।
विसं २०७८ माघ ३ गतेकै दिन तत्कालीन प्रदेश नम्बर २ को नाम मधेश प्रदेश नामाकरण र स्थायी राजधानी जनकपुरधाम प्रदेश सभा बैठकबाट पास भएको थियो । त्यस दिनलाई स्वाभिमानी दिवसको रुपमा मनाउने निर्णय भएको मन्त्री समिमले बताउनुभयो ।
त्यस्तै प्रदेश सरकारले माघ ५ गते मधेश सरकारले बलिदानी दिवस मनाउने र त्यस अवसरमा मधेश आन्दोलनसहित परिवार र घाइतेलाई आर्थिक सहयोग पनि गर्ने निर्णय भएको मन्त्री समिमले बताउनुभयो । उहाँका अनुसार बलिदानी दिवसमा मधेश सरकारले वीरगञ्जमा कार्यक्रम आयोजन गर्ने छ ।








प्रतिक्रिया