१२ असार २०८३, शुक्रबार

 खेलकुदमन्त्री लिम्बुलाई पत्नी वियोग

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, २७ पुस । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु मातृशोकको केही महिना नबित्दै पत्नी वियोगमा पर्नुभएको छ । मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको ५८ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।

लामो समयदेखि लिभर क्यान्सरको उपचार गराइरहनुभएकी लिम्बुको मोरङस्थित घरैमा निधन भएको हो ।

उहाँको शुक्रबार बिहान १० बजे लेटाङ–६ स्थित गुवाबारी घाटमा दाहसंस्कार गरिने कांग्रेसका क्षेत्रीय सभापति शंकर राईले जानकारी दिनुभयो । लिम्बुका एक छोरी र एक छोरा छन् ।

मन्त्री लिम्बुले केही महिनाअघि मात्रै आमा गुमाउनु भएको थियो ।