४ श्रावण २०८३, सोमबार

अध्यक्ष ओलीद्वारा पृथ्वी जयन्तीको शुभकामना व्यक्त

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा शुभकामना दिनुभएको छ ।

पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्तीका अवसरमा अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले लेख्नुभएको छ, ‘शुभ बिहानी ! नेपालको भौगोलिक एकीकरणको नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्तीका अवसरमा उहाँप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गर्दछु । पृथ्वी जयन्तीको सबैमा शुभकामना !’

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।