३१ असार २०८३, बुधबार

खाद्य तथा व्यापार कम्पनीले ६० कर्मचारी माग्यो (सूचनासहित)

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

​​​​​​​काठमाडौं, २७ पुस । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदमा ६० जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

कम्पनीले शुक्रबार सूचना जारी गरी नवौँदेखि चौथो तहसम्मका रिक्त स्थानमा कर्मचारी माग गरेको हो।

माग गरिएका कर्मचारीमा ६ जना सह-विभागीय प्रमुख, ३ जना सहायक विभागीय प्रमुख, प्रशासनतर्फ र कानुनतर्फ एक र एक जना वरिष्ठ अधिकृत, १२ जना अधिकृत, प्राविधिकतर्फ २ अधिकृत, ९ जना वरिष्ठ सहायक, प्राविधिकतर्फ २ जना वरिष्ठ सहायक, २ जना सब-इन्जिनियरतर्फ वरिष्ठ सहायक र २२ जना प्रशासन सहायक छन् ।