२५ असार २०८३, बिहिबार

मुगुका चार पत्रकार पुरस्कृत

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, २७ पुस । मुगुको छायाँनाथ रारा नगरपालिकाले चार जना पत्रकारहरूलाई पुरस्कृत गरेको छ ।

बिहीबारबाट सुरू भएको १४ औँ नगरसभाको सन्दर्भमा नगरपालिकाले जिल्लामा लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका चार जना पत्रकारहरूलाई नगदसहित पुरस्कार तथा सम्मान गरेको छ । नगरपालिकाले पत्रकारहरू दानबहादुर बुढा, नृपेन्द्रबहादुर मल्ल, विनोदकुमार मल्ल र जीवन सेजुवाललाई पुरस्कृत गरेको हो । उहाँहरूलाई नगर प्रमुख विष्णुकुमार भामले सम्मानपत्रसहित जनही पाँच हजार रुपैयाँसहितको पुरस्कारले सम्मान गर्नुभयो ।

नगर प्रमुख भामले पत्रकारिता क्षेत्रले जिल्लाको समाजलाई ऐनाको रुपमा प्रस्तुत गर्दै आएको भन्दै प्रशंशा गर्नुभयो । उहाँले पत्रकार र पत्रकारिता क्षेत्रको विकासका लागि नगरपालिकाले समेत विभिन्न कार्यक्रम गर्दै आएको र योजनाहरू रहेको बताउनुभयो ।