
काठमाडौं, २७ पुस । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।
अहिले कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै तथा मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
यस्तै राति कर्णाली र सुदूरपश्चिम तथा गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाले तराई भू-भागका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई सेवामा प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असर तथा चिसोबाट बच्न अनुरोध गरेको छ ।








प्रतिक्रिया