
पोखरा, २७ पुस । सभामुख देवराज घिमिरेले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुनुको कारणबारे सरकारले जवाफ दिनुपर्ने बताउनुभएको छ ।
उहाँले विमानस्थल बनेको यति लामो समयसम्म पनि किन उडान भएन भनेर पोखरेली जनताले थाहा पाउनुपर्ने बताउनुभयो । ठूलो लगानीमा विमानस्थल निर्माण भएको भएतापनि सञ्चालनको एक वर्ष पुग्दापनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नु दुखद कुरा भएको बताउनुहुँदै अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको कारणबारे सरकारले जवाफ दिनुपर्ने बताउनुभयो । उहाँले त्यसबारे स्थानीय, प्रदेश र संघीय सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।
यूनाइटेड क्लबको आयोजनामा बिहीबारदेखि पोखरामा सुरु भएको बाह्रौं संस्करणको पोखरा महोत्सवको उद्घाटन गर्नुहुँदै सभामुख घिमिरेले पोखरा जुलोजिकल पार्कलाई गण्डकी प्रदेश सरकारले आफ्नो गौरवको योजनामा लिएर अगाढि बढिरहेकोमा यथाशीघ्र सम्पन्न गरी खुल्ला चिडियाखाना सञ्चालन गर्न समेत आग्रह गर्नुभयो ।
सभामुख घिमिरेले महोत्सवले देशको कला संस्कारलाई समेत उजागर गरेको बताउनुभयो । साथै, गण्डकी प्रदेश र पोखरोका पर्यटनलाई प्रवद्र्धन गर्न मद्धत पुर्याएको बताउनुभयो ।









प्रतिक्रिया