१४ असार २०८३, आइतबार

जिम्बावेविरुद्धको सिरिज श्रीलंकालाई

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । जिम्बावेविरुद्धको एक दिवसीय सिरिज श्रीलंकाले जितेको छ । तीन खेलको सिरिज श्रीलंकाले २–० ले आफ्नो पोल्टामा पार्न सफल भयो ।

पहिलो खेलमा नतिजा निस्किएको थिएन भने दोस्रो खेलमा श्रीलंका २ विकेटले विजयी भएको थियो । तेस्रो तथा निर्णायक खेलमा घरेलु टोली श्रीलंकाले जिम्बाबेलाई ८ विकेटले पराजित गर्दै सिरिज २–० ले जितेको हो । जिम्बावेलाई ९६ रनमा अलआउट गरेको श्रीलंकाले ९७ रनको सामान्य लक्ष्य १६.४ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्न सफल भयो । पानी परेकाले खेल नै २७ ओभरमा झारिएको थियो ।

श्रीलंकालाई जित दिलाउनका लागि कुशल मेन्डिसले नटआउट ६६ रनको अर्धशतकीय पारि खेल्दा सदिरा समरविक्रमाले १४ रन नटआउट बनाए । मेन्डिसले ५१ बल फेस गर्दा १ छक्का र ९ चौका प्रहार गरे ।

यसैगरी सदिराले १ चौका प्रहार गरेका थिए । सेभोन डेनियलले १२ रन बनाएर आउट भएका थिए । आभिष्का फर्नान्डोले खाता खोलन सकेनन् ।

जिम्बावेका रिचार्ड नगर्भ र विलिङटन मासाकादजाले एक/एक विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको जिम्बावेले २२.५ ओभरमा सबै विकेट गुमाएर ९६ रन बनाएको थियो ।

श्रीलंकाका वानेन्दू हसरंगा एक्लैले ७ विकेट लिए । जिम्बावेका जोलर्ड गुम्बेले सर्वाधिक २९ रन बनाउँदा तकुदाज्वानशे केतानोले १७ रन बनाउँदा ल्यूक जोग्वेले १४ रन बनाए ।

यस्तै, विलिङटन माकसदाले ११ तथा सिकन्दर राजाले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।