२६ असार २०८३, शुक्रबार

लुम्बिनी विकास बैंकको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । लुम्बिनी विकास बैंकको ८.५० प्रतिशत लाभांश पारित भएको छ ।

बैंकको १६औं वार्षिक साधारण सभाले ४.५० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कूल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकका सञ्चालक समितिका अध्यक्ष चन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको बैंकको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ ।

यस बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती निक्षेप खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गर्ने विशेष योजना कार्यान्वयनमा ल्याएको छ ।