२१ असार २०८३, आइतबार

एनएमबि बैंकको २८ औं बार्षिक साधारण सभा सम्पन्न

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । एनएमबि बैंकका संचालक समितिको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

एनएमबि बैंकको सञ्चालक समितिका पवन कुमार गोल्याणको सभापतित्वमा आज राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाण्डौंमा सभा सम्पन्न भएको हो।

उक्त साधारण सभामा पूर्व घोषित कार्यक्रम अनुसार संस्थापक सेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित हुनु भएका छन् ।

एफ्मोको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाएको व्यहोरा समेत सभामा जानकारी गराईएको थियो ।