
काठमाडौं, २६ पुस । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई समय सापेक्ष र बजार सुहाउँदो बनाउँदै लैजानुपर्ने बताउनुभएको छ ।
राजधानीमा बिहीबार ‘पर्यटन अन्तर्दृष्टि’ लोकार्पण कार्यक्रममा बोल्नुहुँदै उहाँले हर क्षेत्रमा क्यापिटालिज्मले पेलिरहेको र प्रतिस्पर्धा पनि बढिरहेकाले पर्यटन क्षेत्रलाई समय सापेक्ष र बजार सुहाउँदो बनाउँदै लैजानुपर्ने बताउनुभएको हो ।
जमिनको उदाहरण दिदै उहाँले भन्नुभयो, ‘पहिला हाम्रो पहाडबाट तराईमा झरेर जमिन किन किन्ने भन्दा खेती गर्नलाई । अहिले १० वर्षको कित्ताकाटको रेकर्ड लिनुहोस् त । खेती गर्न जमिन किन्छन् कि जग्गा बेचेर नाफा लिने भनेर किनिरहेका छन् ? जग्गा अब कर्मसियल प्रोडक्ट भयो । त्यो हुनाले हिजो पहाडका मान्छे तराई झर्ने स्थिति थियो भने अब तराईका मान्छे पहाड चढ्छन् । यदि टुरिजमको विकास गर्ने हो भने ।’









प्रतिक्रिया