२४ असार २०८३, बुधबार

गौशाला २६ को पहिचान सार्वजनिक भएकामा साइबर ब्यूरोले थाल्यो छानबिन

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । क्रिकेट सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कार आरोप लगाउने युवतीको पहिचान सार्वजनिक भएकोमा नेपाल प्रहरीको साइबर ब्यूरोले छानबिन थालेको छ ।

आफ्नो पहिचान सामाजिक सञ्जालमा सार्वजनिक भएपछि गौशाला २६ (परिवर्तित नाम) ले साइबर ब्यूरोमा उजुरी दिनुभएको थियो ।

तस्वीरसहित पहिचान सार्वजनिक गर्नेहरूको खोजी सुरू भएको ब्यूरोले जानकारी दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई बुधबार ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो ।