१ श्रावण २०८३, शुक्रबार

समाचार लेखेको भन्दै पत्रकारमाथि निर्घात कुटपिट

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २६ पुस । समाचार लेखेको विषयमा रौतहटमा पत्रकारमाथि निर्घाट कुटपिट भएको छ ।

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ९ मा बनाइएको सार्वजनिक प्रतिक्षालयलाई निजी प्रयोजनको लागि प्रयोग गरिएको विषयमा समाचार लेखेको भन्दै पत्रकार अशोक यादवमाथि कुटपिट भएको हो ।

यादवलाई प्रतिक्षालय निजी प्रयोजनका निम्ति प्रयोग गर्दै आएका स्थानीय पिपरा पोखरियाका जीतेन्द्र यादव, सिकिन्द्र यादव, छोटेलाल राय, प्रिन्स जयसवाल र समुन्द्र बिक्रम शाहले कुटपिट गर्नुभएको हो ।

पत्रकार साहको आँखामा गम्भीर चोट लागेको छ ।

यसैबीच प्रेस चौतारी रौतहटले घटनाको निन्दा गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै साहमाथि कुटपिट गर्नेलाई पक्राउ गरी कारबाहीको माग गरिएको हो ।