
काठमाडौं, २६ पुस । सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कार आरोपमा पीडितको पहिचान खुलाउन राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता कारबाहीमा परेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनका दिवश सापकोटालाई निलम्बन गरेको हो। उहाँले पीडित गौशाला २६ (परिवर्तित नाम) को पहिचान सामाजिक सञ्जालमा सार्वजनिक गर्गनुभएको थियो।
सापकोटा रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिको सदस्य हुनुहुन्थ्यो।
‘सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौं,’ रास्वपाले भनेको छ।








प्रतिक्रिया