४ असार २०८३, बिहिबार

रामबहादुर बम्जनलाई आज सर्लाही जिल्ला अदालतमा पेस गरिँदै

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, २६ पुस । रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई प्रहरीले सर्लाही ल्याएको छ । बमजनलाई आज नै सर्लाही जिल्ला अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।

विभिन्न जिल्लामा आश्रम खोलेर अनुयायी बलात्कार, हत्या तथा बेपत्ता पारेको आरोप लागेका बम्जनलाई बुधबार राति कडा सुरक्षाका बीच सडकमार्ग हुँदै सर्लाही ल्याइएको हो । बम्जनलाई विमानमार्फत यहाँ ल्याउने तयारी गरिए पनि मौसम प्रतिकूल रहेकाले विमान आउने/नआउने अनिश्चित भएपछि राति नै सडकमार्ग भएर यहाँ ल्याइएको हो ।

उनलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको प्रहरी स्रोतले जनाएको छ ।

लामो समयदेखि फरार रहेका बम्जनलाई मंगलबार साँझ काठमाडौंको बूढानीलकण्ठबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले पक्राउ गरेको थियो । बम्जनविरुद्ध २०७७ साल असार २१ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा बम्जनविरुद्ध पक्राउ पुर्जी जारी भएको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभयो । प्रहरीले बम्जन फरार रहेको भनी मुद्दा चलाएको र उनलाई अदालतमा हाजिर गराएपछि इजलाससमक्ष प्रस्तुत गरिने श्रेस्तेदार अधिकारीले बताउनुभएको छ ।