३१ जेष्ठ २०८३, आइतबार

अनेरास्ववियु सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनोज राई

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । नेकपा (एमाले)को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनोज राई सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

कैलालीको धनगढीमा भएको अनेरास्ववियु सुदूरपश्चिमको प्रथम अधिवेशनले राईको नेतृत्वमा प्रदेश कमिटी गठन गरेको हो । राई यसअघि प्रदेश संयोजक हुनुहुन्थ्यो ।

यसैगरी, कमिटीको उपाध्यक्षहरुमा ईन्द्र बोहोरा, रोहित बोगटी, दिनेश सिंह, सचिवमा कमल रोकाय, सहसचिवहरुमा यसोदा थापा, पुष्कर दौल्याल, नरेन्द्र साउद र कोषाध्यक्षमा जेबि कुवर चयन हुनुभएको छ ।

बुधबार अधिवेशनको उद्घाटन अनेरास्ववियुका अध्यक्ष समिक बडालले गर्नुभएको थियो ।