२ असार २०८३, मंगलबार

कारबाओ कप : सेमिफाइनलको पहिलो लेगमा लिभरपुल विजयी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । काराबाओ कपको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा लिभरपुल विजयी भएको छ ।

बुधबार राति भएको खेलमा लिभरपुलले फुलह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुललाई जिताउन कर्टिस जुलियन र कोडी गाक्पोले एक एक गोल गर्दा फुलह्यामका विलियनले गरेको गोल अन्त्यमा सान्त्वनामा परिणत भयो ।

१९ औं मिनेटमा विलियनले आन्द्रेस परेराको पासमा गोल गर्दै फुलह्यामलाई अग्रता दिलाएका थिए । १ गोलले पछि परेको लिभरपुलले ६८ औं मिनेटमा बराबरी गरेको थियो । नुनेजको पासमा कार्टिस जुलियनले गोल गरेका थिए । उनै नुनेजको पासमा ७१ औं मिनेटमा कोडी गाक्पोले गोल गरेपछि २–१ को अग्रता दिलाए । सोही अग्रता अन्तिमसम्म जोगाउँदै लिभरपुलले सेमिफाइनलको पहिलो लेगमा २–१ को जित निकाल्न सफल भयो ।

अब दोस्रो लेग २५ जनवरीमा हुने छ । उक्त लेगमा बराबरी खेल्दा पनि लिभरपुल फाइनलमा पुग्दा फुुलह्यामले भने फराकिलो जित निकाल्नु पर्ने छ ।