९ असार २०८३, मंगलबार

नक्कली नोटको भिडियो देखाएर १० मिनेटमा दोब्बर बनाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । नक्कली नोटको भिडियो देखाएर १० मिनेटमा दोब्बर बनाइदिने भन्दै ७ लाख रुपैयाँ ठगी गरेको आरोपमा सिन्धपाल्चोकका कुमार लामालाई प्रहरीले पक्राउ गरेको छ ।

चौतारा साँगाचोक गढी नगरपालिका–५ घर भई हाल स्वयम्भु बस्दै आएका लामाले पुस १६ गते नारायणथान सडक खण्डबाट दाङ तुलसीपुर–५ का सुरेन्द्र वलीलाई १० मिनेटमा पैसा डबल बनाइदिने भन्दै नक्कली नोटको भिडियो देखाएर ७ लाख रुपैयाँ लगेका थिए । तर १० मिनेटमा दोब्बर पैसा लिएर फर्किन्छु भनेर हिँडेका कुमार फेरि फर्किएनन् ।

त्यसपछि सुरेन्द्रको जाहेरीका आधारमा प्रहरीले बुधबार कुमारलाई स्यम्भुबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिनुभयो ।

लामाको साथबाट प्रहरीले ६० हजार रुपैयाँ नगद र एक थान मोवाइल समेत बरामद गरेको छ ।