९ असार २०८३, मंगलबार

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । एक महिलालाई जबरजस्ती करणी गरी फरार रहेका सप्तरीका अनिरुद्र यादव पक्राउ परेका छन् ।

सप्तरीको राजविराज घर भई हाल काठमाडौंको स्यूचाटारमा बस्दै आएका ५४ वर्षीय यादवलाई नाम परिवर्तित २६ लाई जबरजस्ती करणी गरेको आरोप छ ।

उनीविरुद्व परेको जाहेरीका आधारमा प्रहरीले खोजतलास गर्दा ललितपुरको झम्सीखेलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिनुभयो । पक्राउ परेका यादवलाई प्रहरीले बुधबार म्याद थप गरी अनुसन्धान थालेको छ ।