३१ जेष्ठ २०८३, आइतबार

अपहरित बालकको सकुशल उद्धार, ३ जना पक्राउ

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २६ पुस । बालक अपहरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिकाबाट मंगलबार अपहरित बालकलाई सकुशल उद्धार गरिएको हो ।

अपहरणमा परेका १० वर्षीय धनीधर राजवंशीलाई प्रहरीले विराटनगर महानगरपालिका–१५ बाट उद्धार गरेको हो । उनी जहदा–१ का वडाध्यक्ष बाबुराम राजवंशीका छोरा हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार साथीहरूसँग खेल्न गएका बेला धनीधर अपहरणमा परेका थिए । पक्राउ पर्नेमा जहदा–१ का २० वर्षीय अभिषेक यादव, १९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर महानगरपालिका–१८ का २१ वर्षीय विवेकानन्द यादव छन् ।

मोरङकै भाथीगछ पुर्याएपछिस्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । त्यसपछि खटिएको प्रहरी टोलीले बालकको उद्धार गरेको थियो ।