९ असार २०८३, मंगलबार

पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष कैदको फैसला

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । भ्रष्टाचार आरोपमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व डीआईजी महेशविक्रम शाहलाई तीन वर्ष कैदको फैसला सुनाएको छ।

विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बुधबार शाहसहित यो मुद्दामा दोषी ठहर भएकाहरुको सजाय निर्धारण गरेको हो।

शाहबाट १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो भराउन र बिगो बराबर जरिवाना अशुलउपर गर्न पनि अदालतले आदेश दिएको छ।

सिन्धुलीको दुधौली तालिमकेन्द्रका तत्कालीन समादेशक नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहसहित चारजनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा पुस ११ गते दोषी ठहर गरेको थियो।