९ असार २०८३, मंगलबार

सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाइएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई आठ वर्षको जेल सजाय सुनाउनुभएको हो ।

ढकालको इजलासले उनीबाट ३ लाख जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन भराउन आदेश गरेको छ। यही पुस १३ गते सन्दीपलाई किशोरी बलात्कार मुद्दामा दोषी ठहर गर्दै अदालतले फैसला सुनाएको थियो ।

लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।

यसैबीच लामिछाने जिल्ला अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जानुहुने भएको छ ।