७ असार २०८३, आइतबार

लगानी सम्मेलनका लागि अर्थमन्त्री महतको निम्तो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २५ पुस । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी बैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुन भारत र अन्य देशका लगानीकर्तालाई निम्तो दिनुभएको छ ।

भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा सहभागीविभिन्न देशका राष्ट्रप्रमुख, मन्त्रीहरु र लगानीकर्तालाई सम्बोधन गर्दै मन्त्री डा.महतले निम्तो दिनु भएको हो ।

मन्त्री डा. महतले भन्नुभयो,‘नेपालमा वैशाख १६ र १७गते लगानी सम्मेलन हुँदैछ । यो कार्यक्रमबाट म भारतसँगै अन्य देशका लगानी कर्ताहरुलाई पनि निम्तो गर्छु । तपाईंहरुको इनोभेटिभ बिजनेस आईडिया र लगानीको निर्णयले नेपालको विकासका लागि नयाँ माइलस्टोन खोल्नेछ भन्ने आशा गर्दछु ।’

उहाँले नेपालमा ऊर्जा, पर्यटन, कृषिव्यवसाय र आईटीमा लगानीको ठूलो अवसर रहेको बताउँदै स्वास्थ्य, शिक्षा, उत्पादन, निर्माण र यातायात, खानी, बैंकिङ र वित्तीय सेवा जस्ता लगानीकाअन्य सम्भावित क्षेत्रहरू पनि रहेको जानकारी गराउनुभयो ।