२८ असार २०८३, आइतबार

पाँच करोडको गाडी किन्न बम्जनले बुझाइसकेका थिए तीन करोड

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । तपस्वी रामबहादुर बम्जनलाई प्रहरीले सार्वजनिक गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बम्जनलाई हिजो पक्राउ गरेर आज सार्वजनिक गरेको छ । प्रहरीले उहाँको साथबाट तीन करोड भन्दा बढी रकम फेला परेको छ ।

बम्जनको घरबाट ३ करोड ३४ लाख ६७ हजार ९०६ रुपैयाँ बराबरको विभिन्न देशको पैसा बरामद भएको हो । यसैबीच बम्जनले पाँच करोडको गाडी किन्ने तयारी गरेको खुलेको सीआईबीले जानकारी दिएको छ ।

उहाँले पाँच करोडको ल्यान्ड क्रुजर किन्ने तयारी गरेका थिए । जसका लागि उनले तीन करोड धुम्बाराहीस्थित युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिमा बुझाइसक्नु भएको थियो ।

यस्तै प्रहरीले बम्जनसँग भएका अन्य सवारी साधन पनि बरामद गरेको छ । जसमा बम्जनले अहिले चढिरहेको टोयटा फर्च्युनर गाडी, क्रस फायर, केटिएम डुक मोटरसाइकल र यमाहा रे जेआर स्कुटर रहेका छन् । ती गाडी र मोटरसाइकल विभिन्न व्यक्तीका नाममा रहेका छन् ।