१३ असार २०८३, शनिबार

जघन्य अपराधमा पक्राउ परेका तपस्वी बम्जन ‘हाम्रो भगवान’ भन्दै पुगिन् पूर्वमन्त्री

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । हत्या, बलात्कार र मानिस बेपत्ता पारेको आरोपमा पक्राउ पर्नुभएका तपस्वी रामबहादुर बम्जनको समर्थनमा पूर्वभूमिसुधार राज्यमन्त्री यशोदाकुमारी लामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पुग्नु भएको छ ।

उहाँ बम्जन आफूहरूको भगवान भएको भन्दै प्रहरी कार्यालयमा पुग्नुभएको हो। उहाँले सीआईबीलाई बम्जनलाई आफूहरूको जिम्मा लगाउन दबाव दिनुभएको थियो। तर सीआईबीले त्यसो गर्न नमिल्ने भन्दै इन्कार गरेको हो ।

सीआईबीले बम्जनलाई सर्लाही पठाउने तयारी गरेको छ । पूर्वराज्यमन्त्री लामाले बम्जनलाई आफूहरूले प्राइभेट गाडीमा लैजान माग गर्नुभएको हो ।

रामबहादुर आफूहरूको ‘भगवान्’ रहेको भन्दै हतकडी नलाउनसमेत उहाँले प्रहरी अधिकारीसँग मागसमेत गर्नुभएको छ ।