१४ असार २०८३, आइतबार

संघीयताको लाभ जनताले अनुभूत गर्न सकेनन् : सिटौला

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २५ पुस । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीयता कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रिय सभाबाट इमान्दारीका साथ पूरा गर्ने बताउनुभएको छ ।

विराटनगरमा बुधबार सञ्चारकर्मीहरुसँगको भेटमा बोल्दै उहाँले संघीताको लाभ जनताले अनुभूत गर्न नसकेको भन्नुहुँदै कानुन अभावमा संघीयता कार्यान्वयन नभएकोले अब त्यस्तो अवस्था रहन नहुने बताउनुभयो ।

लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार संघीयता कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुहुँदै सिटौलाले भन्नुभयो, ‘यो व्यवस्था जनताका लागि आएको हो । जुन संकल्प गरेर यो व्यवस्था ल्याएका हौं त्यसअनुसार काम गर्न सकेका छैनौं, त्यो उद्देश्य पूरा गर्नेतर्फ हामी जिम्मेवारीका साथ राष्ट्रिय सभामा गएर काम गर्नेर्छौ ।’

संघीयता कार्यान्वयन नहुँदा प्रदेश सरकार सरकारजस्तो नभएर विकास एजेन्सी जस्तो हुन पुगेको भन्दै उहाँले प्रदेशलाई अधिकारसम्पन्न बनाएर सरकारजस्तो बनाउन भूमिका खेल्ने बताउनुभयो ।

संघीयता कार्यान्वयनका हिसाबले पहिलो पाँच वर्ष त्यसै खेर गएको टिप्पणी गर्नुहुँदै सिटौलाले भन्नुभयो, ‘पहिलो पाँच वर्ष संघीयता कार्यान्वयन गर्न नसकी खेर गएको छ । जसले जनतालाई विकासको अनुभूति दिलाउन सकेन । प्रदेश सरकार वास्तवमा सरकार हुन पाएन, अब प्रदेशलाई आवश्यक कानुन दिने, शिक्षा, स्वास्थ्य र अन्य विषयमा प्रदेशलाई जिम्मेवार बनाउने गरी संविधान कार्यान्वयन गर्नेतर्फ हाम्रो भूमिका रहनेछ ।’