७ श्रावण २०८३, बिहिबार

मुस्लिम आयोगका अध्यक्ष अन्सारीद्वारा बंगलादेशका प्रधानमन्त्रीसँग भेट

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेट गर्नुभएको छ ।

बंगलादेशमा भएको आमनिर्वाचनको पर्यवेक्षणका क्रममा त्यहाँ पुग्नुभएका अध्यक्ष अन्सारीले सोमबार प्रधानमन्त्री हसिनासँग भेट गर्नुभएको हो । प्रधानमन्त्री कार्यालयमा भएको भेटमा  द्विपक्षीय र आपसी हितका सम्बन्धका विषयमा छलफल भएको मुस्लिम आयोगले जनाएको छ ।

भेटमा अध्यक्ष अन्सारीले दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको स्मरण गर्दै नेपाल र बंगलादेशबीच व्यापार, आर्थिक साझेदारीलगायतमा सहकार्यको सम्भावना रहेको बताउनुभएको थियो ।

अध्यक्ष अन्सारीले नेपालबाट धेरै विद्यार्थी बङ्गलादेशमा पुगेको र कतिपय बंगलादेशी विद्यार्थी पनि नेपालमा अध्ययनरत रहेकाले शैक्षिक सहकार्य गर्न सकिने धारणा राख्नुभएको थियो ।

त्यस अवसरमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपाल र बंगलादेशबीचको सम्बन्ध असल छिमेकीको सम्बन्धको सिद्धान्त र पारस्परिक लाभमा आधारित रहेको बताउनुभएको आयोगले जनाएको  छ । अध्यक्ष अन्सारी र आयोगका सदस्य महमदिन अली बंगलादेशमा भएको आमनिर्वाचनको पर्यवेक्षणका लागि ढाका जानुभएको थियो ।