५ श्रावण २०८३, मंगलबार

राजधानी केन्द्रीत आन्दोलनको गृहकार्यमा एमाले

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । नेकपा (एमाले) ले राजधानी केन्द्रीत आन्दोलनको गृहकार्य अघि बढाएको छ ।

सरकारले मुलुक र जनतामाथि चरम ज्याद्धती गर्न थालेको र राष्ट्रिय स्वाधिनतामाथि समेत गम्भीर खालका आँच आउने काम गरेको निश्कर्षसहित प्रमुख प्रतिपक्षी दल एमाले राजधानी केन्द्रित आन्दोलनको तयारीमा जुटेको हो ।

पार्टीको जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव शंकर पोखरेलले सरकारको गैरजिम्मेवारीपनाले सीमा नाघेको कारण सही ठाउमा आउन बाध्य बनाउने गरी आन्दोलनको तयारी गर्नुपरेको बताउनुभएको हो ।

सरकार हरेक क्षेत्रमा असफल भएको र मुलुकको स्वाधिनतामाथि पनि गम्भीर आँच आउने खालका काम गरिरहेकाले आन्दोलनको तयारीमा जुटनुपर्छ भन्ने निश्कर्षमा पार्टी पुगेको महासचिव पोखरेलको भनाइ छ ।

निकट भविश्यमा राजधानी केन्द्रित भएर केही गतिबिधि गर्नुपर्छ कि भन्ने ढंगले पनि सोचिरहेको र यो कामको तयारीमा लाग्न उहाँले सबै जनसंगठनहरूलाई निर्देशनसमेत दिनुभयो ।

राजधानीमा मध्यम वर्ग र गरिखाने वर्गमाथि चरम खालका ज्याद्धती भए पनि ठोश ढंगले प्रतिकार हुन नसकेको भन्दै अव त्यस दिशातर्फ पनि अघि बढनुपर्नेमा जोड दिनुभयो । सरकार र स्थानीय निकायमा रहेका शासकहरुले जनतामाथि जे गर्दा पनि सहेर बस्ने कुरा उचित नभएको र अब जनताको पक्षमा दृढताका पूर्वक उभ्याउनुपर्ने उहाँले बताउनुभयो ।