
पोखरा, २४ पुस । पोखराको मित्रमिलन सहकारी यतिबेला समस्याग्रस्त छ । सहकारीका सञ्चालकविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ भने आफ्नो बदमासीलाई लुकाउन सहकारीकै बहालवाला अध्यक्ष रमण पौडेलका अनेक कर्तुतहरु सर्वसाधारणहरु बेखबर छन् ।
मित्रमिलन सहकारीमा जोडिनु अघि पनि धेरै ठाँउमा गलत काम गरेका रमण पौडेल अहिले कास्की कारागारमा छन् । मित्रमिलन सहकारीका अध्यक्ष रमण यस सहकारी आउनु अघि पोखरा १७ विरौटामा रहेको हाम्रो स्वरोजार सहकारी पनि डुवाएर आएका व्यक्ति हुन । सहकारी डुवेपछि रमण पौडेलले पोखरा १७ विरौटास्थित घर जग्गा समेत वेचेर सम्पत्तिविहीन भएका थिए । त्यति मात्र होइन, त्यसअघि रमण जोडिएका सिटी डेभलपमेण्ट र पोखरा फाइनान्समा समेत बदमासी गरेपछि निकालिएका व्यक्ति हुन । हाम्रो स्वरोजार सहकारी डुवाउँदापछि अपराधी दाउपेच थाहा भएको रमणले मित्रमिलन सहकारीमा पनि त्यसैगरी अपराधिक क्रियाकलाप गर्दै आर्थिक अपचलन गरे । पदीय दायित्वबाहेक क्षेत्राधिकार उल्लंघन गरी स्टिम चलाएर फेक अकाउण्ट निर्माण गरी रकम अपचलन गर्ने काम उनले मित्रमिलनमा आउनासाथ सुरु गरेको तथ्य प्रमाणले देखाउँछ ।
यिनै अध्यक्ष रमण पौडेलकै कारण अहिले मित्र मिलन सहकारीको विषय प्रहरी र अदालतसम्म पुगेको छ । सहकारीमा रहेर इमान्दारिताका साथ काम गरिरहेका सोझा सञ्चालक तथा शेयर साझेदार पनि लुकेर हिँड्नुपर्ने अबस्था बनेको छ ।
यिनै अध्यक्ष रमण पौडेलकै कारण अहिले मित्र मिलन सहकारीको विषय प्रहरी र अदालतसम्म पुगेको छ । सहकारीमा रहेर इमान्दारिताका साथ काम गरिरहेका सोझा सञ्चालक तथा शेयर साझेदार पनि लुकेर हिँड्नुपर्ने अबस्था बनेको छ । मित्रमिलनको मुद्दा यतिबेला जिल्ला अदालत कास्की पुगेको छ । सहकारीको भित्री कुरा अझैसम्म कुनै पनि निकायबाट बाहिर नआउँदा धेरै पीडितहरु भागाभागको स्थितिमा छन् । विशेषगरी सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्ध निर्देशक किरण अधिकारीले गरेको अपचलन लुकाउँदा यस्तो स्थिति आइलागेको हो । सहकारीको स्टिम र खातामा हस्ताक्षर यी दुई रमण र किरणको हातमा मात्र थियो । मित्रमिलन सहकारीमा समस्या परेपछि वचतकर्ताहरुको निवेदन सहकारी रजिष्ट्रार कार्यालय गण्डकीको समन्यवयमा संचालक समितिको माग अनुसार रष्जिष्ट्रारको सिफारिस अनुसार वित्तीय विश्लेषण गर्न नियुक्त गरिएका वित्तीय विश्लेषक निर्मल गौतममाथि धेरै प्रश्न चिन्ह खडा भएका छन् ।
रमणले अपचलन गरेका रकमको नालीबेली (प्रमाणसहित)
१) २०७८ साल (सन् २०२१) मा अध्यक्ष रमण पौडेलको शेयर करिब ४ करोड थियो । यसको बारेमा सहकारी रष्जिट्रार कार्यालय गण्डकीले खटाएका वित्तीय विश्लेषक निर्मल गौतम जानकार थिए । पोखरा ९ न्युरोड ब्रोकर नम्बर १४ मा रमणको कारोवार सोझै देख्न सकिन्छ । ब्रोकरले रमणलाई ७ करोडसम्मको सीमा दिएको थियो । रमणले त्यो बेला किनेका केही ठूला परिमाणमा खरिद गरिएका कित्ताहरु यस प्रकार छन् । सन् २०२१ जुन ७ मा ३० हजार कित्ता २३७ दरले (एचपीएचपीसी कम्पनीको) ७१ लाख १० हजार रुपैँया, सन् २०२१ मे १६ मा २० हजार कित्ता २८६ (बरुण कम्पनी) को दरले ५७ लाख २० हजार रुपैँया, २०२१ नोभेम्बर २४ गते १८ लाख रुपैँया, २०२१ नोभेम्बर २२ गते २९ सय कित्ता ३८० का दरले ११ लाख २ हजार रकम बराबको शेयर किनेको खुल्न आएको छ । त्यसबाहेक अन्य पोखरा न्यूरोडमा रहेको ब्रोकर नम्बर १४ मा विवरण हेर्न सकिन्छ ।
२) प्रवन्ध निर्देशक किरण अधिकारीको पनि सोहीसालमा करिब साँढे २ करोडको शेयर पोखरा ब्रोकर नम्बर १४ मा अहिले हेर्ने हो भनेपनि विगतको विवरण प्राप्त हुन्छ । २०२१ नोभेम्बर २४ मा २६ सय कित्ता करिब १८ लाख रुपैँया बराबरको शेयर किनेको खुलासा भएको छ ।
३) अध्यक्ष रमण पौडेलको श्रीमती सौजना अधिकारी पौडेलको पनि शेयर २ करोड बढी थियो । पोखरा ९ न्यूरोड ब्रोकर नम्बर १४ बाट २०२१ नोभेम्बर २४ मा रमण र किरण जस्तै एउटै कम्पनीको २६ सय कित्ता करिब १८ लाख रुपैँया बराबरको शेयर किनेको उल्लेख छ ।
४) अध्यक्ष रमण पौडेलको श्रीमती सौजना पौडेल मित्रमिलन सहकारीको शेयर सदस्य मात्र हुन् । तर, सौजनाको नाम लेखनाथ ३१ मा १२ रोपनी जग्गा करिब १ करोड ४५ लाख पर्ने जग्गा छ ।
वचतकर्ताको रकमबाट संचालक समितिको निर्णयविना जग्गा श्रीमतीको नाममा राख्दा गैरकानुनी हुन्छ । तर, वित्तीय विश्लेषक निर्मलले रमणको श्रीमती सौजनालाई किन कानुनी दायरामा ल्याएनन् र जोगाए ? प्रश्नको विषय हो ।
वचतकर्ताको रकमबाट संचालक समितिको निर्णयविना जग्गा श्रीमतीको नाममा राख्दा गैरकानुनी हुन्छ । तर, वित्तीय विश्लेषक निर्मलले रमणको श्रीमती सौजनालाई किन कानुनी दायरामा ल्याएनन् र जोगाए ? प्रश्नको विषय हो । तर, यता नियमसंगत जग्गा ल्याएर सहकारीको हितमा काम गरेका कोषाध्यक्ष भिमलाल पौडेललाई भने अभियोग पत्रमा आरोपीको करार दिएको छ । मित्रमिलनमा रोक्का रहेको पोखरा १८ सुनपदेलीमा टेकमाया सार्कीको नाममा रहेको ८ रोपनी जग्गा अध्यक्ष रमण पौडेल र किरणले मित्रमिलनमा १६ लाखमा रोक्का रहेको जग्गा रकम नतिरी आफुखुशी विकल श्रेष्ठको नाममा राजीनामा दिएका थिए । संचालक समितिको निर्णय र सहकारीको माइन्यूट साथै सहकारीमा दाखिला गर्नुपर्ने रकमविना आफ्नो स्वार्थका निम्ति अन्य बैँकमा १ करोड कर्जा निकाल्ने शर्तमा श्रेष्ठलाई रमण र किरण मिली जग्गा गैरकानुनी रुपमा नामसारी गरिदिएका हुन् । सोहीजग्गा रमण र किरण हिरासतमा रहँदा सहकारी रजिष्ट्रार कार्यालय गण्डकीको अनुमति लिई स्वयम् व्यक्ति टेकमाया सार्कीलाई साक्षी राखेर मित्रमिलन सहकारीका संचालक समितिले निर्णय गरेर कोषाध्यक्ष भिमलाल पौडेलको नाममा ल्याई राष्ट्रिय सहकारी बैंकमा रहेका अन्य जग्गा लिलाम हुनबाट जोगाउन धितो परिवर्तनको लागि सो जग्गा सहकारी बैंकमा रोक्का गरिएको छ ।
तर, मित्रमिलन सहकारीकै हितमा सम्बन्धित निकायको मञ्जुरी लिई गरेको काममा समेत कोषाध्यक्ष पौडेललाई अभियोग पत्रमा ठगिजन्य भनिएको छ । तर अध्यक्ष रमण पौडेलकी श्रीमती सौजनालाई वित्तीय विश्लेषक निर्मल, प्रहरी प्रशासानले नै कुनै कानुनी दायरामा ल्याएका छैनन् । यदि यी सबै निकायले वचतकर्ताको हितमा हेर्न हो भने सौजनाले यति बर्षसम्ममा गैरकानुनी रुपमा राखेको जग्गामा परेको लगानीको ब्याज कसले तिर्ने ?

५) पोखरा ७ मा रहेको घरको विषयमा वित्तीय विश्लेषक निर्मलले किन प्रतिवेदनमा उल्लेख गरेनन् ? अध्यक्ष रमणले मित्रमिलन सहकारीका तत्कालिन उपाध्यक्ष जीवनाथ पराजुलीको जग्गा हडपेर लिएका हुन । करिब ४ आनाको जग्गा रमणले मित्रमिलन सहकारी वचतकर्ताकै रकमबाट ६५ लाखमा लिएका हुन् । त्यसपछि अध्यक्ष रमणले त्यहाँ साढे २ करोडमा भव्य महल बनाउन ठेक्का अवित केसीलाई दिए । घर सम्पन्न गरेपछि महत्वकाक्षी रमणले के छुटाएनन् ? इन्टियर डिजाइनमा चार तलासम्म वाल, फल्लोर पार्केटिङ, गार्डेन वाटर फाउण्टेन, ज्याकुजी, अफिस रुम, लाइब्रेरी रुम, बार, तीन वटा मिटिङ रुम, गोप्यवार्ताका लागि विशेष कोठा, प्रत्येक रुपमा एसी, प्रत्येक कोठाको बेडमा इलेक्ट्रिक हिटर, सोलार (२२ कोठाको होटलमा जडान हुने), अटोमेटिक डोर र आइपी क्यामेरा जडान गरेका थिए । आलिसान महल तयार गर्न बचतकर्ताकै रकमबाट करिब साँढे पाँच करोड लगानी गरेका थिए । त्यसपछि रमणले सोहीघर पोखरा ९ पृथ्वीचोकस्थित सस्तो बजारका धादिङ निवासी एक व्यक्तिलाई २ करोड ३० लाखमा घर बेचे । वचतकर्ताको रकमबाट साँढे पाँच करोड र जग्गाको मुल्य ६५ लाख गरी ६ करोड १५ लाखको घर २ करोड २० लाखमा बेचेर रमणले सो रकम लुकाएका हुन । त्यति मात्र नभएर घर किन्ने व्यक्तिविरुद्ध रमण पौडेलले आफ्नो भाई रविन पौडेललाई मुद्दा हाल्न लगाएर पापी काम गरे । त्यसपछि धादिङ समाजनै उल्टेर रमणविरुद्ध लागे । पोखरा ७ वडा कार्यालयमा ठगी गरेको भन्दै रमण र भाई रविनविरुद्ध उजुरी आयो, जुन प्रमाण अहिले पनि वडा कार्यालयमा सुरक्षित छ । पोखरा ७ का वडाध्यक्षले रमण र उनको भाइ रविनलाई बोलाएर कारवाही गर्ने भनेपछि सम्झौतामा आए । वडामा सम्झौता भए अनुसार धादिङका सोझो व्यवसायीले थप ३६ लाख थप रकम दिएर मिलापत्र गरे । जुन रकम रमणले आफ्नो सालो प्रल्लाद अधिकारीको खातामा लुकाए । रमणको यो हिनामिना वित्तीय विश्लेषक निर्मललाई सम्पूर्ण जानकारी थियो तर उनले यो कुरा प्रतिवेदनमा किन उल्लेख गरेनन् ? जबकी रमणले आफ्नो व्यक्तिगत तवरबाट अर्जुन गिरीलाई बेचेको घरको बारेमा प्रतिवेदनमा उल्लेख गरेका छन् । एउटै प्रकृतिको घटनामा एक जना दोषी हुनुपर्ने, अर्को निर्दोष । रमणले अर्जुन गिरीको घर व्यक्तिगत कारोबार हो भनेर संचालक समितिको बैठकमा समेत बोलेको भिडियो वित्तीय विश्लेषक निर्मलले प्राप्त गरेका छन् ।
रमणले १० तोलामाथि सुन लगाउँथे । जसमा एउटा ओम लेखेको रुद्राक्ष गलामा थियो । सो रुद्राक्ष रमणले रुपन्देहीबाट ४५ लाखमा किनेका हुन् ।
६) पोखरा ८ न्यूरोड दमकलमा रहेको (७ आनामा बनेको ४ तले घर हाल सामिप्य सहकारी रहेको घर मित्रमिलनकै वचतकर्ता रकमबाट ३ करोड ६० लाख निलामीमा सकार्नको निम्ति बैंकका कर्मचारीलाई सेटिङ मिलाउन ६० लाख खर्चेका थिए ।
७) रमणले सहकारीकै पैसाबाट रत्नचोकमा वाइल्ड लाइभ टुर एण्ड ट्राभल प्रालिको नाममा कम्पनी दर्ता गरेर संचालनमा ल्याए । रमणका भाई रविन पौडेलले सो ट्राभल संचालन गरे र डुबाएपनि । दुई वडा स्कोर्पियो र इको स्पोर्टस् गाडी पनि हाले । अफिस डेकोरेशन करिब १५ लाख र दुई वडा स्कोर्पियो ६५ लाखको दरले र ईको स्पोर्टस् ३८ लाख एक करोड ३० लाख गरी एक करोड ८३ लाख रकम वचतकर्ताको डुबाए ।
८) रमण पौडेलको भाई रविनले वाइल्ड लाइभ टुर एण्ड ट्राभलबाट लगेको स्कोर्पियो गाडी पोखरा ३३ मा दुर्घटना गराए । त्योबेला रविनसँग गाडीको लाइसेन्स थिएन् । जग्गा हेर्ने गएका टोली ५ जना गम्भीर घाइते भएर ग्यालेक्सी अस्पतालमा भर्ना भएका थिए । प्रहरीले यो कुरा थाहा पाएपछि रमणले आफूले गाडी चलाएको बनाएर उपचार खर्च र सेटिङको लागि गरी ७ लाख ७५ हजार खर्च गरेका थिए ।
९) गएको स्थानीय चुनावमा स्याङजा आँधीखोला गाउँपालिकामा नेपाली काँग्रेसका तर्फबाट अध्यक्ष पदमा चुनावमा होमिएका रमणका काका प्रेमप्रसाद पौडेललाई २७ लाख नगद रमणले दिएका थिए । त्यसपछि करिब २८ दिन चुनावमा खटिएका रमणले स्याङजाको एक कटेजमा दिनको ६०/७० हजारको दरले २८ दिनसम्म युवाहरुलाई पार्टी दिँदा लाखौँ खर्च गरेका थिए । त्योबेला रमणले गुण्डा परिचालन गरेर केही युवाहरुमाथि कुटपिट पनि गरे । त्यो घटना मिलाउन रमणले १ लाख ५५ हजार खर्चेको कुरा अहिले पनि स्थानीयले भन्छन् ।
१०) पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली मुख्यमन्त्री भएपछि रमणले पोखरा लेकसाइड अतिथि रिसोर्ट र चितवनको एक होटलमा ५ लाख ७५ हजारको रात्री भोज दिएका थिए ।
११) कोरिया घुम्न जाँदा रमणले १४ लाख ७५ हजार खर्च गरे । नेपालबाट आउने जाने टिकटसहित रमणले खर्च र आउँदा दुई वटा आइफोन, घडी, श्रीमतीलाई महंगो व्याग, लुगा कपडामा मात्र ५ लाख २० हजार खर्च गरेका थिए । त्यसैगरी थाईल्याण्ड र भारत घुम्न जाँदा रमणले ३ लाख ६७ हजार थाइल्याण्डमा खर्च गरे ।

१२) स्याङजा आँधीखोला गाउँपालिका कमरे आफ्नो पुख्र्यौली जग्गामा रमणले १ करोड २१ लाखको भव्य महल बनाएका छन् ।
१३) रमणकोे भाई रविनको विवाहमा रमणले गरगहना किन्न ८ लाख २५ हजार खर्चेका थिए ।
१४) नेपाली काँग्रेसको गत केन्द्रीय महाधिवेशनमा नातामा अंकल बनाएका पूर्व कानुनमन्त्री यज्ञबहादुर थापा चुनाव प्रचारप्रसारको निम्ति होटल एम्बेस्डरमा सात दिन बसी केही कोठा बुक गरी ६ लाख बढी रकम तिरेका थिए । त्यो बेला यज्ञले खर्चबापत चेक दिँदा समेत रमणले लिएका थिएनन् ।
१५) पोखरा १७ विरौटाको हाम्रो स्वरोजगार सहकारी डुबाएपछि मित्रमिलन सहकारी आएपछि रमणले टिवीएस कम्पनीको अपाचे मोटरसाइकल लिएर हिँड्थे । मित्रमिलन सहकारीको स्टिम हात पारेपछि मोटरसाइकलबाट रमणले पहिलो गाडी ११ लाखमा टेरिस गाडी किने, त्यसपछि फोडको इकोस्पोर्टस् गाडी ३९ लाखमा किने । त्यसपछि टाटा नेक्सन ४९ लाखमा किनेकोलाई परिवर्तन गरी नयाँ मोडलको फुल अप्सन नेक्सन किने । उनको गाडीको मर्मत सहकारीकै कोषाध्यक्ष भिमलाल पौडेलको ग्यारेजमा गर्थे । एकपटकको खर्च १ लाख देखि डेढ लाखसम्म आउँथ्यो ।

१६) रमण पौडेलले क्याफे दी गार्डेनको संरचना र जग्गा भाडामा सम्झौताको अवधि बढाएर १ करोड ३० लाखमा किनेका थिए । जसमध्ये क्याफे दी गार्डेनको नाममा मित्रमिलनमा रहेको ऋणवापतको ३० लाख र ब्याजसहित ३६ लाख रकम तिरिदिए । बाँकी रकम दिन अझै तिर्नुपर्नेछ । त्यसपछि रमणले त्यो ठाँउमा आफ्नो नाममा रहको सौरभी रियल इस्टेटबाट मार्ट बनाए । त्योबेला सौरभीले मार्ट निर्माण गर्न नक्सा र स्टिमेट बनाउन फिउचर अन इन्जिन्यिरिङ कन्स्टेन्सीलाई जिम्मा दियो । जिम्मा अनुसार फिउचर अन इन्जिन्यिरिङले मार्ट सम्पन्न गर्न १ करोड २७ लाख लाग्ने लागत निकाल्यो । त्यसपछि सो मार्ट निर्माण गर्ने जिम्मा हरेराम भण्डारी र खुमान्द काफ्लेले लिए । रमणकै भनाइ अनुसार रमणले ८४ लाख रकम उनीहरुलाई दिए । निर्माण कार्य सम्पन्न हुन १० प्रतिशत मात्र काम बाँकी रहदा रमणले दिनुपर्ने बाँकी रकम नदिएपछि काम रोकिएको थियो । त्यसपछि रमणले जग्गावापतको मासिक १ लाख २० हजारको दरले दुई बर्षसम्म पनि तिर्न आलटाल गरे । र, जग्गाधनी बसन्त पराजुलीसँग मनमुटाव भयो । त्यसपछि रमणले त्यो निर्माण भएको २८ वटा सटर भएको मार्ट जग्गाधनी बसन्त पराजुलीलाई जग्गाको भाडा कटाई १० लाख लिएर छाडिदिए
१७) किरणको नाममा रहेको पोखरा ५ प्रस्याङमा साँढे ३ आना जग्गा ६४ लाखमा मित्रमिलन सहकारीका लेखा सदस्य जनक पौडेलकी आफ्नै दिदीबाट खरिद गरिएको थियो । सो रकम पनि मित्रमिलन सहकारीको क्रिमिनल अकाउण्टबाट गएको थियो । त्यसपछि सोही जग्गामा साँढे ३ तले घर निर्माणको लागि अध्यक्ष रमण पौडेलको सहयोगमा ठेकेदार अवित केसीलाई ९० लाख बुझाएका थिए । सहकारीकै बचतकर्ताको पैसा जग्गामा ६० लाख र घर बनाउँदा ९० लाख गरी १ करोड ५४ लाख पर्यो । तर, रमण र किरणकै मिलोमोतोमा मात्र १ करोडमा एक व्यक्तिलाई बेचे । त्यतिमात्र होइन, घर सम्पन्न भएपछि ठेकेदारलाई दिनुपर्ने बाँकी रकम नदिएपछि मित्रमिलन सहकारीकै रकमबाट किनिएको बर्दघाटको करिब ६० लाख पर्ने तीन वडा घडेरी पास गरेर दिए ।
१८) रमणकी श्रीमती सौजना अधिकारी पौडेल, ससुरा यमनाथ अधिकारीको नाममा विभिन्न मितिमा गरी करिब लाखौँ रकम कृमिलन खाताबाट गएको प्रमाण हुँदा पनि वित्तीय विश्लेषक गौमतले कानुनी अनुसन्धानमा ल्याएनन् ।
१९) रमण पौडेल र किरण मिलेर सम्पूर्ण कर्मचारीलाई हप्ताको २ पटक पार्टी र हरेक दिन सहकारीमै खाजाको व्यवस्था वाहिरबाट हुन्थ्योे । सहकारीकै रकम चिप्लेढुंगामा रहेको ग्रिल एण्ड चिल र नयाँ बजारमा रहेको आई व्लुजमा लाखौँ खर्च गरेको दँेखिदा पनि वित्तीय विश्लेषक निर्मलले प्रतिवेदनमा त्यो कुरा उल्लेख गरेका छैनन् । जसअनुसार ग्रिल एण्ड चिललाई कृमिनल खाताबाट विभिन्न मितिमा १२ लाख भन्दा धेरै रकम गएको देखिए पनि सो हिनामिनाको रकम वित्तीय विश्लेषक निर्मल गौतमले कँही पनि उल्लेख गरेका छैनन् ।

२०) रमणले आफ्नो घर प्रायोजनका लागि आवश्यक पर्नै सामान भाटभटिनी तथा अन्य मार्टहरुमा विभिन्न मितिमा १३ लाख खर्च गरेको देखिन्छ । तर, निर्मल त्यो कुरामा पनि मौन बसे ।
२१) संचालक समितिको निर्णयविना विभिन्न संघसंस्था, मेला महोत्सवमा लाखौँ रकम खर्च गरेका छन् । आफू प्रमुख अतिथि हुन रमणले सहकारीकै करिब ७ लाख खर्च गरेको प्रमाण सहकारी कार्यालयको भित्ताभरी टाँगिएका प्रंशसापत्रले बोल्छ ।
२२) सबैभन्दा महत्वपूर्ण प्रमाणलाई आधार मान्ने हो भने अध्यक्ष रमण पौडेल र किरण अधिकारी मात्र सोझै दोषी देखिन्छन् । सहकारीको रकम हिनामिना गरी रमण र किरण भारत भागे । भाग्नु भन्दा अघिल्लो रात रमण र किरणले सिस्टमबाट आफूमाथि १२/१२ करोड गरी २४ करोड लोन बुक गरेका थिए । त्यसपछि संचालक समितिको पहलमा रमणकी श्रीमती सौजनाले उनीहरुलाई पोखरा बोलाए । आएको भोलिपल्ट २०७९ मसिर २५ गते रमण र किरणले संचालक समितिको बैठक राखे । बैठक सकेर रमण र किरणलाई एक पक्ष र बाँकी संचालक समिति अर्को पक्षमा बनाई कपाली नाम तम्सुकमा अहिलेसम्म सहकारीमा कुनै आर्थिक कारोबार अनियमिता भएको देखिएमा कानुनी रुपबाट रमण र किरणले जिम्मा लिने उल्लेख गरिएको छ । सो तम्सुकको सक्कली पत्र सचिव कुशल पौडेललाई जिम्मा लगाइएको छ । त्यस प्रतिलिपि संचालक समिति सबैसँग सुरक्षित छ ।


२३) पूर्वअध्यक्ष भरत भट्टराईको व्यक्तिगत नाममा रहेको जग्गा समेत वित्तिय विश्लेषक निर्मलले रमण पौडेलको आग्रहमा प्रतिवेदनमा नियोजित रुपले उल्लेख गरिदिए । तर, मित्रमिलन सहकारी कसेरी शाखाका प्रमुख भुवन पौडेलको नाममा रहेको वर्दघाट, दमौली लगायतको अन्य ठाउँमा सहकारीकै रकमबाट खरिद गरिएको करोडौं रकम पर्ने जग्गा रहेको ठूलो बचतकर्ताले वित्तीय विश्लेषक निर्मललाई भन्दा समेत निर्मलले प्रतिवेदनमा उल्लेख गरेनन् ।
२४) मित्रमिलन सहकारीका ऋण अधिकृत एकराज पराजुली (हाल सम्मानित जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी)लाई जापान पठाउन रमणले सहकारीकै १२ लाख ४५ हजार दिएका हुन् ।
२५) रमण आफू जिल्ला सहकारी संघमा सदस्य पदमा उठ्दा काँग्रेस निकट प्यानलको प्रचारप्रसारको जिम्मा लिएर (प्रेस, डिजाइन, छपाई, वितरण तथा खाजा खर्च) मा २ लाख २२ हजार तिरेका थिए ।
२६) रमणले १० तोलामाथि सुन लगाउँथे । जसमा एउटा ओम लेखेको रुद्राक्ष गलामा थियो । सो रुद्राक्ष रमणले रुपन्देहीबाट ४५ लाखमा किनेका हुन् । रुद्राक्ष शुभ हुन्छ भनेपछि उनका भाई रविनले सेटिङमा दाईलाई किनाएका बताउँथे ।

२७) २०७३ सालमा अध्यक्ष रमण पौडेलको (सानी) दिदी रेनुका पौडेलको विवाहमा रमणले भोजवापतको ६ लाख शान्तिनगर बैंक्वेयट र गोर्खाली सुनचाँदी पसलका पारस सुनारको (औँठी ७ वटा, सिक्री, व्रास्लेट, मिनी हार र चाँदीको करुवा १–१ वटा गरी करिब ८ लाख रकम तिरेका थिए ।
२८) रमणले आफ्नी सालीको विवाहमा शान्तिनगर बैंक्वेयट र सुन गरी ८ लाख ५३ हजार रकम बचतकर्ताकैबाट खर्चेका थिए ।
२९) रमण साझेदारमा रही पोखरा ९ नयाँबजार नेचर केयर हव (आयुर्वेदिक पसल) पसल खोले । त्यसमा रमणले १५ लाख सहकारीबाटै हालेका थिए । सो पसल सहकारी रहेकै फ्ल्याटमा थियो ।
३०) रमण पौडेलले माछापुच्छे« गाउँपालिका ३ घाचोक पाङदुङ पाटनमा १ रोपनी जग्गा सहकारीकै पैसाले ३५ लाखमा आफ्नो नाममा किने (नेपेन्द्र श्रेष्ठको सहयोगमा) । त्यो जग्गा रमणले पछि ४७ लाखमा बेचे । तर, रकम सहकारीमा आएन् । त्यसैगरी, कास्की नागडाँडामा ऋण मिलाउने शर्तमा सस्तो दाममा सहकारीबाट लगानी गरी १९ लाखमा लिए । जग्गा आफ्नो नाममा पास गरी ५० लाखमा बेचे ।
३१) भारतीय नागरिक पुटुकी श्रीमती, जो नेपाली नागरिक हुन । उनको नाममा मित्रमिलनमा २९ लाख ऋण थियो । त्यो ऋणवापतको रकम मिलाउनका लागि पुटुले दिएको बर्दघाटको १० धुर जग्गा रमणले आफ्नो भाई रविनको नाममा पास गराए । मित्रमिलनमा रहेको २० लाख रुपैँया बराबरको निक्षेप घटाउन शेयर सदस्य सोनी मल्लले ५ धुर आफ्नो नाममा पास गरिन् । त्यसमा बाँकी रहेको ५ धुर बेचेर रमण र रविन दाजुभाईले बाँडे ।
३२) सोही पुटुको श्रीमतीको नाममा रहेको दमौली फरकचौरमा ५ आना जग्गा जिल्ला अदालत दमौलीबाट रमणको भाई रविनको नाममा अख्तियारी लिएर राखेको छ । जुन जग्गा अहिले मित्रमिनबाट रोक्का थियो । तर, बिनापैसा फुकुवा गरेर भाईको नाममा अख्तियारी लिइराखेका छन् ।
३३) रमणका ठूलो भिनाजुले काठमाडौं स्वयम्भुमा घर बनाउँदा ४० लाख रमणले सहकारीबाट दिएका थिए ।
३४) मित्रमिलनका प्रवन्ध निर्देशक किरण अधिकारीको बहिनीको विवाहमा पनि ८ लाख १५ हजार रुपैँया रमणले सहकारीबाटै सहयोग गरेका थिए ।
३५) रमण पौडेलको नाममा रहेको विभिन्न बैँकमा खाताको विवरण हेरेपनि उनको खर्च विवरण आउँथ्यो । तर, वित्तीय विश्लेषक निर्मलले त्यो नगर्दा शंका उब्जनी भएको हो ।
३६) रमणका भाई रविनले चढ्दै आएको टिवीएस अपाचे मोटरसाइकल पनि सहकारीकै नामबाट किनिएको हो । अहिले भाईकै नाममा बिनारकम नामसारी गरिएको चर्चा छ ।
३७) सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत पुगेको अभियोगपत्रमा अन्य संचालक समिति र व्यक्तिगत नाममा रहेको जग्गाको विवरणमा सबैको नाम उल्लेख गरिएको छ । तर, सहकारीकै पैसाबाट किनिएको अध्यक्ष रमण पौडेलको नाममा रहेको घरजग्गा विवरण खुलाउँदा रमण पौडेलको नाम लुकाइएको छ ।

वित्तीय विश्लेषक निर्मलको अनुसन्धानमा गम्भीर त्रुटि
अध्यक्ष रमणको मात्र होइन्, मित्रमिलन सहकारीमा अहिलेको समस्या आउनुमा वित्तीय विश्लेषक निर्मल गौतमको पनि उत्तिकै गल्ती छ ।
अध्यक्ष रमण पौडेलका ठूलो भिनाजु सरकारी निकायको उच्च पद (महालेखा परिक्षक) पदमा छन् । उनकै निर्देशनमा गौतमले रमण र किरणको पक्षमा प्रतिवेदन फितलो बनाए । त्यति मात्र होइन, प्रवन्ध निर्देशक किरण अधिकारी र निर्मल गौतम पृथ्वीनारायण क्याम्पसका सहपाठी हुन् । निर्मलले गलत गरेको प्रमाणित गर्दै मिडियामा लेख समेत लेखेका त्रिभुवन विश्वविद्यालयका लेकचरल विष्णु भण्डारीले समेत यो कुरा उल्लेख गरेका छन् । नातावाद र कृपावादको आधारमा निर्मलको कलम अन्यायाको बाटोमा चलेको प्रष्ट देखिन्छ ।
सहकारी रजिष्ट्रार कार्यालय र निमित्त प्रमुखको गैरजिम्मेवारीपन
मित्रमिलन सहकारीमा वित्तीय विश्लेषण चलिरहँदा ठूला वचतकर्ताले समस्या समाधान गर्न संचालक समितिलाई समय दिनुपर्छ भन्ने थियो । साना वचतकर्ताको भने संचालक समितिलाई जेल हाल्नुपर्छ भन्ने थियो । जबकी ठूला वचतकर्ता संख्यामा थोरै भएपनि ६५ प्रतिशत रकम उनीहरुकै छ भने सानो बचतकर्ता संख्यामा धेरै भएपनि उनीहरुको ३५ प्रतिशत मात्र रकम बचत छ । ठूला बचतकर्ता पटकपटक रजिष्ट्रार कार्यालय जाँदा निमित्त प्रमुख इश्वरी ढकालले वित्तीय विश्लेषणको प्रतिवेदन आएपछि सबै बचतकर्ता र संचालक समितिलाई सँगै राखेर समस्याको समाधान गर्ने प्रतिवद्धता गरेकी थिइन् । केही साना बचतकर्ताको उक्साहटमा निमित्त प्रमुख ढकालले एकपटक पनि छलफलमा नराखी प्रहरी कहाँ निवेदन पठाइन् । जबकी महान्यायाधिवक्ताको कार्यालयले २०८० मंसिर ४ गते अभियोग पत्र दायर भएको मुद्दामा समेत मुलुकी फौदारी कार्यविधि संहिता २०७४ को दफा ११७ तथा यस कार्यालयबाट मिलापत्र सम्बन्धमा जारी मापदण्ड समेतको अधिनमा रही मिलापत्र सम्बन्धी कारबाही अघि बढाउन कर्मचारी प्रशासन, उच्च, विशेष र जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएका थिए ।
आफू झमेलाबाट उम्कन सहकारी रजिष्ट्रार कार्यालयले बचतकर्ताको मर्मविपरीत सोझै प्रहरीकहाँ कारबाहीका लागि सिफारिस गर्दा स्थिति झन बिग्रिँदै गयो ।
तर, यी सबै कुरालाई वेवास्ता गर्दै आफू झमेलाबाट उम्कन सहकारी रजिष्ट्रार कार्यालयले बचतकर्ताको मर्मविपरीत सोझै प्रहरीकहाँ कारबाहीका लागि सिफारिस गर्दा स्थिति झन बिग्रिँदै गयो । रजिष्ट्रार कार्यालयमा छलफलका निम्ति ल्याएको भए बचतकर्ताले त्यहीँबाट न्याय पाउने सम्भावना धेरै थियो । तर, निमित्त प्रमुख ढकाललाई पनि बचतकर्ताको भन्दा अध्यक्ष रमण पौडेललाई जोगाउनुपर्ने बाध्यता थियो । किनकी रमण र उनी सहोदर दिदी–भाईको जस्तो थियो । रमणको बुवाले ढकाललाई पढाएका हुनाले त्यो गुन पनि लगाउने मौका परेको भन्दै रमणलाई कहिले नराम्रो भनिनन, र देखाइनन् पनि । त्यति मात्र होइन, अध्यक्ष रमणका काका (आँधीखोला गाउँपालिका अध्यक्षमा पराजित भएका) नेपाली काँग्रेसका नेता प्रेमप्रसाद पौडेल र निमित्त प्रमुख ढकाल एउटै गाउँका मिल्ने मित्र हुन् । मित्रमिलनको वित्तीय विश्लेषण सुरु भएदेखि प्रत्येक दिन निमित्त प्रमुख इश्वरी ढकाललाई भेट्न गइरहन्थे, जसको प्रमाण राजिष्ट्रार कार्यालयमा सिसिटिभी भए देखिन्छ । प्रेम पौडेल नेपाल विद्यार्थी संघको सचिव रहँदा नेपाली काँग्रेसका अहिलेका महामन्त्री विश्वप्रकाश शर्मा अध्यक्ष थिए । यही सम्बन्धलाई अहिले प्रेमले प्रयोग गर्दै आफ्नो पालिकाको चुनावमा लाखौँ खर्च गरेका आफ्ना भतिज रमण पौडेललाई जोगाउन लागेका छन् ।
समस्याग्रस्त सहकारीलाई कार्ययोजना पेश गरी चैत्र मसान्तभित्र समस्या समाधान गर्न मिल्ने कानुनी आधार छ । सहकारी डिभिजन कार्यालयले जारी गरेको पत्र अनुसार वित्तीय विश्लेषण गरी देखिएका समस्या समाधानका लागि सहकारीमा जोडिएका व्यक्ति, बचतकर्ता र संचालक समिति छलफल गर्ने प्रावधान छ ।
मिलापत्र गर्ने ठाउँ रहँदा समेत निमित्त प्रमुख ढकालले शुक्रबार आएको प्रतिवेदन अध्ययन नगरी, संचालक समिति, बचतकर्ता र जोडिएका सम्बन्धित व्यक्तिहरुसँग कुनै पनि छलफल नगरी बचतकर्ताको इच्छाविपरीत सोही साझा कारबाहीको माग गर्दै पत्रसहित प्रतिवेदन प्रहरीकहाँ पठाइन् ।
कास्की प्रहरीको नियत के ?
मित्रमिलन सहकारीकी एक बचतकर्ताले जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्ध निर्देशक किरण अधिकारीविरुद्ध चेक नसाटिएपछि बैकिङ कसुरमा भन्दै जाहेरी दिइन् । जाहेरीकै आधारमा सम्मानित जिल्ला अदालत कास्कीबाट रमण र किरण विरुद्ध पक्राउ पुर्जी जारी भयो । अध्यक्ष रमणको अंकल प्रेम र कास्कीका एसपी मोहनबहादुर थापा मिल्ने मित्र भएका कारण पक्राउ पुर्जी जारी भएको हप्तौँसम्म पनि पक्राउ गरेनन् । किरण कार्यालयमै कामकाज गरिरहे र रमण पोखरामै जग्गा मिलाउने सेटिङमा खुलेआम हिँड्दा समेत पक्राउ परेनन् । पोखरामै हिँडडुल गर्दा समेत प्रहरीले पक्राउ नगरेपछि ती बचतकर्ताले गण्डकी प्रदेश कार्यालयमा रहेको आफ्ना एक आफन्त (सचिव)को सहयोगमा प्रहरीलाई दबाब दिए । त्यसपछि ती बचतकर्ताले मिलापत्र गर्ने भन्दै आफ्नै घरमा बोलाएर रमण र किरणलाई पक्राउ गराएकी थिइन् ।
प्रहरी प्रमुखलाई बचतकर्ताको भन्दा आफूले यति धेरैलाई पक्राउ पुर्जी जारी गरी थुनामा ल्याएँ भनेर काम देखाउनु थियो । एसपीले सहकारीको समस्या समाधान गरी बचतकर्ताको रकम फिर्ता ल्याउने भन्दा पनि अझै जटिल बनाउन लागिपरे ।
रमण र किरण पक्राउ परेपछि रमणका काका प्रेम पौडेलले एसपीसँग कुरा गरी रमणलाई भित्रैबाट चलखेल गर्न मोबाइल फोनको समेत सुविधा दिएका थिए, जसबाट कर्मचारी र संचालकलाई समेत फोन आएको प्रमाण छ । सामान्यतया बैकिङ कसुसरमा व्यक्तिलाई २५ दिन भित्र सरकारी वकिल कार्यालय हुँदै अदालत पठाउने चलन छ । अझ भनौं, विगो पनि जम्मा १४ लाख ९९ हजार थियो । तर, काका प्रेमकै सेटिङमा रजिष्ट्रार कार्यालयका प्रमुख ईश्वरी ढकालले प्रहरी कहाँ दिएको छलफल निवेदन देखाउँदै एसपी थापाले करिब ४५ दिन थुनामा राखी रमणलाई संरक्षण गरे । वित्तीय प्रतिवेदन आएको भोलीपल्ट केही व्यक्तिबाट परिचालित केही बचतकर्तालाई स्वयम् एसपीले जाहेरी हाल्न लगाए । जोहरी पनि शनिबारकै दिन लिए एसपीले । एसपीले बचतकर्ता संचालक समितिविरुद्ध किटानी जाहेरी दिए । तर, एसपी थापाले संचालक समितिलाई मात्र किटानी जाहेरी नदिन निर्देशन दिई अनुसन्धानमा जोडिएका सबैका विरुद्ध किटानी जाहेरी दिन बचतकर्तालाई दबाब दिए । ३० जनाको नाम किटान नगरिएको जाहेरी एसपी थापाकै निर्देशनमा फिर्ता गरिएको सबैलाई विदितै छ । एपसीले रमण र उनका काका प्रेमको इसारा अनुसार काम गरेको स्रोत बताउँछ । प्रहरी प्रमुखलाई बचतकर्ताको भन्दा आफूले यति धेरैलाई पक्राउ पुर्जी जारी गरी थुनामा ल्याएँ भनेर काम देखाउनु थियो । हुन पनि एसपी थापा कास्कीमा आउनासाथ सहकारीविरुद्ध खनिने भनेर सार्वजनिक ठाउँमा घोषणा समेत गरेका थिए । एसपीले सहकारीको समस्या समाधान गरी बचतकर्ताको रकम फिर्ता ल्याउने भन्दा पनि अझै जटिल बनाउन लागिपरे ।
एसपीले आफू तर्किन बिदामा बसेर डीएसपीलाई अघि सारी अन्धाधुन्ध पक्राउ पुर्जी जारी गरेका थिए । उनको यो कार्यशैलीको अहिले कास्कीमा आलोचना भएको छ । मित्रमिलन सहकारी डुबाउनुमा सबै गलत काम गरेका रमणले बचतकर्ताबाट बच्न प्रहरीकै सल्लाह अनुसार धरौटी नतिरी जेल चलान भए । करोडौं रकम अपचलन गरेका रमणले आफू बाहिर सुरक्षित नहुने भन्दै प्रहरीकै संरक्षणमा थोरै रकम धरौटी आउँदा समेत नतिरी जेल गए ।
निर्मलका कारण सरकारी वकिल कार्यालयलाई दुविधा
वित्तीय विश्लेषक निर्मल गौतमले अध्यक्ष रमणको कुर्कत लुकाएको कुरा सहकारी रजिष्ट्रार कार्यालय गण्डकी जानकार थियो । मित्रमिलन सहकारीको विषयमा निर्मलले रमणलाई ढाकछोप गरेको विषयमा सहकारी रजिष्ट्रार कार्यालयले किन प्रश्न गर्न सकेन भन्ने रहस्य पनि अहिले खुलेको छ । निर्मल र अध्यक्ष रमणले मित्रमिलन काण्डमा रजिष्ट्रार कार्यालयका केही कर्मचारी संलग्न छन् भनेपछि आफ्नो कार्यालयको बदनाम हुने डरले निमित्त प्रमुख ईश्वरी ढकालले पनि अनुसन्धान बिना प्रतिवेदन प्रहरीकहाँ बुझाइन् । निर्णय क्षमता शुन्य भएकी निमित्त प्रमुख ढकाललाई आफ्नो कार्यालयको शाख जोगाउनु थियो । र, बचतकर्ताले छलफल गरी मिलापत्रको मागलाई वेवास्था गरी सोझै प्रहरीकहाँ पठाइन् । प्रहरीले पनि आफ्नो काम छिटो गर्न प्रतिवेदनमा लागेको आरोपको विषयमा कुनै पनि थप अनुसन्धान र सोधपुछ गर्न चाहेन ।
यता, सरकारी वकिल कार्यालयका निमित्त प्रमुख महेन्द्रप्रसाद अधिकारी पनि दुविधामा परे । वित्तीय विश्लेषक निर्मलले गोलमटोल प्रतिवेदन दिएपछि निमित्त प्रमुखलाई प्रतिवेदन हेर्दा ज्वरो आएको थियो । प्रतिवेदन अध्ययनमा निकै सकस परेपछि सरकारी वकिल कार्यालयले पनि जस्ताको जस्तै (रमण र किरण)को बयानका आधारमा गोलमटोल अभियोग पत्र अदालतमा पेश गरे । जसको प्रत्यक्ष असर न्याय र न्याय प्रणालीमा पर्न सक्छ ।















प्रतिक्रिया