
काठमाडौं, २४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रतिनिधिसभा निर्वाचनमा पराजितहरूलाई उम्मेदवार बनाइएको भन्दै आपत्ति प्रकट गर्नुभएको छ ।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा हारेकाहरूलाई उम्मेदवार बनाउनु व्यवस्थामाथिकै आक्रमण भएको बताउनुभएको हो ।
देशलाई योगदान दिएका भन्दा पार्टीको काम गर्न सक्ने मान्छे मात्रै सिफारिस गरेर व्यवस्थामाथि आक्रमण भएको उहाँको धारणा छ ।
‘कसले आक्रमण गर्यो व्यवस्थामाथि ? संवैधानिक परिषद्को बैठकमा नआउनेले व्यवस्थामाथि आक्रमण गर्यो । देशलाई योगदान दिएको भन्दा आफ्नो पार्र्टीका लागि काम गर्न सक्ने मान्छे सिफारिस गर्ने कामले यो व्यवस्थामाथि आक्रमण गर्यो ।” उहाँले भन्नुभयो ।
राज्यका सबै जिम्मेवार निकायमा मेरिट बेसका आधारमा पदाधिकारी चयन गर्नुपर्ने उहाँको धारणा छ ।









प्रतिक्रिया