४ श्रावण २०८३, सोमबार

श्रमिकहरूबाट वृद्वि गरिएको शुल्क नलिन प्रधानमन्त्रीको निर्देशन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाल श्रम तथा रोजगार मन्त्रालयले वृद्धि गरेको भनिएको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमा हुनेगरी कार्यान्वयनको व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिनु भएको छ ।

मंगलबार दिउँसो सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले नेपालीहरूको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको स्मरण गराउँदै उनीहरूलाई अतिरिक्त आर्थिक भार थप्ने मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिनुभएको हो ।

‘हाल वृद्धि भएको भनिएको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमा हुनेगरी कार्यान्वयनको व्यवस्था मिलाउनुहोला’, प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘आन्तरिक वा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप सेवा शुल्क लगायत थप आर्थिक भार पर्ने कुनै प्रकारको काम नगर्ने नगराउने व्यवस्था गर्नुहोला ।’