१३ असार २०८३, शनिबार

डा. गोविन्द केसी माइतीघरबाट पक्राउ

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । चिकित्सा शिक्षा अभियान्ता डा. गोविन्द केसी पक्राउ पर्नुभएको छ ।

उहाँलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको हो । निषेधित क्षेत्र तोडेको आरोपमा उहाँलाई पक्राउ गरिएको हो । उहाँ मुखमा टेप बाँधेर माइतीघर पुग्नु भएको थियो । उहाँलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।

उहाँले प्रचण्डको सरकारले तानाशाही प्रवृत्ति देखाउँदै सार्वजनिक स्थलमा भेला भएर प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकार खोसेर नागरिकको मुख थुन्न खोजेको भन्दै प्रदर्शन गर्नुभएको थियो ।

‘सार्वजनिक क्षेत्रका सेवाप्रदायक संस्थाहरु धराशायीहुने अवस्थामा छन् । नेताहरुले भने तिनलाई डुबाएर नाफाखोरी गर्ने निजी क्षेत्रका सीमितमाफिया र अपराधीहरुसँग साँठगाँठ गरिरहेका छन् । यस्तो अवस्थामा आम मानिस विरोध र प्रदर्शनमा उत्रनु स्वभाविक हो । लोकतन्त्रमा यो हामी नागरिकको आधारभुत अधिकार पनि हो । तर प्रचण्डको सरकारले तानाशाही प्रवृत्ति देखाउँदै सार्वजनिक स्थलमा भेलाभएर प्रदर्शन गर्न पाउने हाम्रो संविधान प्रदत्त अधिकार समेत खोसेर नागरिकको मुख थुन्न खोजेको छ,’ डा.केसीद्धारा जारी विज्ञाप्तीमा लेखिएको छ ।

उहाँले विगतमा भएका सहमति पालना गनुपर्ने, निषेधित क्षेत्र हटाउनुपर्ने, संक्रमणकालीन न्याय प्रक्रिया तत्काल टुंगोमा पुर्‍याउनुपर्ने र चिकित्सा शिक्षा आयोगका निर्देशकहरूको नियुक्ति अगाडि बढाउनुपर्ने माग अघि सार्नुभएको छ ।