३१ जेष्ठ २०८३, आइतबार

४७ किलो अवैध चाँदीसहित तीनजना पक्राउ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले ४७ किलो चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बारा कैलया नगरपालिका–१० का ५० वर्षीय कामेश्वर शाह, पर्सा वीरगंज महानगरपालिका–३ का ३२ वर्षीय सुमन कुमार सरार्फ र बारा बिश्रामपुर गाउँपालिका–५ का २० वर्षीय मनिष सरार्फ रहेका छन् ।

भोटेबहाल, कोटेश्वर लगायतका विभिन्न ठाउँमा राजश्व छली गरी बिल–बिजक बिना चाँदीका गरगहनाहरू भण्डार गरी बिक्री गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरी टोलीले उनीहरुलाई काठमाडौं महानगरपालिका–२१ भोटेबहाल, कोटेश्वर लगायतका स्थानहरूबाट आइतबार पक्राउ गरेको हो ।

उनीहरूलाई राजस्व छली सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।