
काठमाडौं, २४ पुस । कोशी प्रदेशको सभामुखका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर विष्टलाई नेकपा (एमाले) ले पनि समर्थन गर्ने भएको छ।
आज बिहान बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले विष्टलाई समर्थन गर्ने निर्णय गरेको हो ।
गठबन्धनले पनि यसअघि नै विष्टलाई समर्थन गर्ने निर्णय गरिसकेको छ । जसले गर्दा विष्ट सभामुख बन्ने पक्का भएको छ ।















प्रतिक्रिया