२३ जेष्ठ २०८३, शनिबार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । साताको तेस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८ सय रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १८ हजार २ सय ५० रूपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी र छापावाला सुन प्रतितोला दुई सय रुपैयाँले घटेको छ ।

यस्तैगरी, चाँदीको मूल्य आज स्थिर छ । सोमबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोहि मूल्य कायम छ ।