२६ जेष्ठ २०८३, मंगलबार

इलाममा बाबुले गरे छोराको हत्या

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, २४ पुस । इलामको माई नगरपालिकामा गए राति बाबुले छोराको हत्या गरेका छन् ।

माई नगरपालिका–६, बिहीबारेका ३७ वर्षीय दिलकुमार राईले छोरा १८ वर्षीय जीवनको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादमा दिलकुमारले छोरामाथि खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते जीवनलाई तत्काल उपचारका लागि झापा लगिएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दिलकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।