२ असार २०८३, मंगलबार

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २४ पुस । चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

५७औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी शिरिष पन्तलाई ६७२ मतान्तरले पराजित गर्दै श्रेष्ठ संघको अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले १५१५ मत पाए भने पन्तले ८४३ मत ल्याए । श्रेष्ठ यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए । पन्त तृतीय उपाध्यक्ष थिए ।

अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा चिरिञ्जीवी सुवेदी, वाणिज्यतर्फ उपाध्यक्षमा राजेन्द्र ओली, उद्योगतर्फको उपाध्यक्षमा अशोक अधिकारी र वस्तुगततर्फको उपाध्यक्षमा नारायण प्रधान विजयी भए ।

कुल मतदाता २ हजार ९७४ रहेकोमा २ हजार ४१४ मत खसेको थियो ।