७ असार २०८३, आइतबार

म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

गएराति भएको खेलमा विगन एथलेटिकलाई २–० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले चौथो चरणको यात्रा तय गरेको हो ।

युनाइटेडको जितमा डिआगो डिलोट र ब्रुनो फर्नान्डेजले एक–एक गोल गरेका थिए । २२ औं मिनेटमा युनाइटका मार्कस रासफोर्डको पासमा डिलोटले गोल गर्दै अग्रता दिलाए । ७२ प्रतिशत बल आफ्नो नियन्त्रणमा युनाइटेडले राखे पनि दोस्रो गोल गर्न भने ७४ औं मिनेट कुर्नु परेको थियो ।

विगन एथलेटिकका खेलाडीले गल्ती गरेपछि पाएको पेनाल्टीमा युनाइटेडका फर्नान्डेजले गोल गर्दै २–० को जित पक्का गरे ।