१९ असार २०८३, शुक्रबार

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले मनायो ३३औं स्थापना दिवस

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आफ्नो ३३औं स्थापना दिवस मनाएको छ ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा संगठनले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेर मनाएको हो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन टु-इन-वानको रोलबाट अघि बढ्नुपर्ने बताउनु भयो । टु-इन-वान भन्नाले एकातिर संगठनको हकहित र अधिकारको लागि काम गर्नुपर्ने र अर्कोतिर पार्टीले बोकेको नीति र सिद्धान्त अनुरुप पार्टीको योजना तथा निर्देशन अनुसार कार्य गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले संगठनलाई अहिले पार्टीले औपचारिक रुपमा मात्र हैन, पार्टीको बलियो खम्बाको रुपमा तथा अनुशासित संगठनको रुपमा हेरेको स्पष्ट पार्नुभयो ।

त्यसैगरी, जाजरकोट भूकम्पमा सक्रिय सहभागिता जनाई संगठनको उचाईलाई बढाउनुका साथै पार्टीले आयोजना गरेको झुलाघाट–चिवाभञ्ज्याङ संमृद्धिको लागि संकल्प यात्रामा संगठनले पार्टीले दिएको जिम्मेवारीलाई सफलताका साथ सम्पन्न गरेकोमा पनि उहाँले बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो। पोखरेलले मिसन ८४ को लागि वडा तहसम्मका कमिटीहरु निर्माण गर्दै संगठित, प्रशिक्षित र डेडिकेटेड नेता तथा कार्यकर्ता तयार गर्दै मिसन ८४ लाई सफल पार्न योजना सहित लाग्न निर्देशन दिनुभयो ।

कार्यक्रमलाई स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, संगठन इन्चार्ज यज्ञराज सुनुवारले सम्बोधन गर्नुभएको थियो । संगठनका उपमहासचिव मदन केसीले सहजीकरण गर्नुभएको कार्यक्रमको अध्यक्षता संगठनका अध्यक्ष विनोद पाण्डेले गर्नु भएको थियो । कार्यक्रममा पार्टी पोलिटव्युरो सदस्य एवं संगठनका निवर्तमान इन्चार्ज आनन्द पोखरेल लगायतका नेता सहभागी हुनुहुन्थ्यो ।

त्यसैगरी, आजको दिवसलाई संगठनका प्रदेश कमिटीहरु र जिल्ला कमिटीहरुले पनि विभिन्न रचनात्मक कार्यक्रम गरी देशभर मनाएका छन् ।