२२ असार २०८३, सोमबार

राष्ट्रिय सभा उम्मेद्वार चयनबारे दुई कांग्रेस नेताको असहमति

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । नेपाली काङ्ग्रेसका नेता बल बहादुर केसी र अर्जुन नरसिंह केसीले राष्ट्रियसभाको उम्मेद्वार चयनबारे फरक मत राख्नुभएको छ ।

सोमबार दिउँसो एक विज्ञाप्ति जारी गर्दै उहाँहरुले उम्मेद्वार चयनमा देखिएको एकाधिपत्य र चरम एकपक्षीय कार्यशैली पार्टी र आम भावना विपरीत भएको भन्दै राष्ट्रियसभा उम्मेद्वार चयनको हालैको निर्णयमा असहमत भएको जनाउनु भएको हो । उहाँहरूले राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेद्वार तय गर्नेबारे कांग्रेस केन्द्रीयकार्य समितिले पौष १४ गते गरेको निर्णयले व्यवस्थालाई ठाडो उल्लंघन र पार्टीको संस्थागत निर्णयप्रति अविश्वसनीय खडा गरेको बताउनुभएको छ ।

संसदिय बोर्डले विधानअनुसार पूर्णतापाउनु उम्मेद्वार छनोटको अनिवार्य वैधानिक सर्त भएता पनि त्यसमा पूर्णता नपाएको भन्दै यसबाट प्रक्रियागत गम्भीर त्रुटी र स्वेच्छाचारिता स्पष्ट देखिएको पनि उहाँहरूको भनाई छ ।

यस्तै, समग्र मधेसी समुदायबाट प्रतिनिधित्व हुन पाएको छैन, विज्ञ, बौद्धिक, व्यावसायिक र पेशागतवर्गलाई पूर्ण रुपमा उपेक्षा गरिएको र समावेशिताको सवैधानिक सिद्धान्तलाई उल्झन गरिएको पनि उहाँहरूले दावी गर्नुभएको छ ।

गठबन्धनबाट कांग्रेसको १० सिट भागमा परेको थियो । लामो रस्साकस्सी पछि पार्टी पदाधिकारीहरुले सानेपास्थित कार्यालयमा मध्यरातसम्म बसेर उम्मेदवारको टुंगो लगाएका थिए ।