५ असार २०८३, शुक्रबार

कर्णालीमा एमालेका उम्मेदवारले दर्ता गराए उम्मेदवारी

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २३ पुस । राष्ट्रियसभाको लागि नेकपा (एमाले) कर्णाली प्रदेशका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन् ।

तीन सिटका लागि कर्णालीमा एमालेले तीनै जना उम्मेदवार खडा गरेको छ। जस अन्तर्गत महिला कोटाबाट हुम्लाकी विमलाकुमारी शाही अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार बन्नु भएको छ ।

उम्मेदवारी दर्ता गर्न जाँदा स्थानिय कमिटी सदस्य यामलाल कँडेल, प्रदेश अध्यक्ष गुलाबग शाहदेखि प्रदेश स्तरिय सबै नेताहरु निर्वाचनको कार्यालयमा पुग्नुभएको थियो ।