
काठमाडौं, २३ पुस । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहकारीले कृषि क्षेत्रलाई समेट्न ध्यान नदिएको बताउनुभएको छ ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिडेटको १६ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै सभामुख घिमिरेले सहकारीले बचत तथा ऋणमा मात्रै ध्यान दिएको तर कृषि क्षेत्रलाई समेट्न ध्यान नदिएको बताउनुभएको हो ।
कृषिलाई आधुनिक ढंगले अघि बढाउने, बाँझो जमीनलाई उत्पादनमूलक बनाउने र उत्पादनसंगै बजारीकरणका लागि पनि सहकारीले सेवा केन्द्रीत गर्नुपर्ने उहाले बताउनुभयो । उहाले तीन खम्वे अर्थनीतिका आधारमा सहकारीको माध्यमबाट राज्यले लगानी गर्ने र त्यसमा नीजि क्षेत्रलाई सहभागी गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
सभामुख घिमिरेले सहकारी क्षेत्रको कानून निर्माणका साथै बजारीकरणमा देखिएको समस्यालाई सहकारी केन्द्रीय संघले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाले राजनीतिक परिर्वतन गर्दै कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा बिकास गर्दै लैजानुपर्ने उल्लेख गर्नुभयो ।








प्रतिक्रिया