
काठमाडौं, २३ पुस । उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
सोमबार पाटन उच्च अदालतमा मुख्यन्यायाधीश नृपध्वज निरौलाले न्यायाधीशहरुलाई सपथ गराउनुभएको हो । सपथ कार्यक्रममा कानूनमन्त्री धनराज गुरुङ, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायतको उपस्थीति रहेको थियो ।
पुष १८ गते बसेको न्याय परिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेका थियो । जसमा जिल्ला अदालतमा कार्यरतमध्येबाट २६ जना, न्याय सेवाका कर्मचारीबाट चार जना र कानून व्यवसायीबाट नौ जना चयन भएका छन् ।









प्रतिक्रिया