
काठमाडौं, २३ पुस । राष्ट्रिय सभा निर्वाचनका लागि कोशीमा नेकपा एमालेका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।
अन्य क्लस्टरमा भोजपुरका परशुराम अधिकारी र महिला क्लस्टरमा सुनसरीकी रुक्मिणी कोइरालाले उम्मेदवारी दर्ता गराउनु भएको हो ।
अधिकारीको प्रस्तावकमा प्रदेश सांसद सिर्जना राई र समर्थकमा जयप्रकाश चौधरी हुनुहुन्छ भने कोइरालाको प्रस्तावकमा रामप्रसाद महतो र समर्थकमा शिला दिक्षीत कार्की रहनुभएको छ ।
राष्ट्रिय सभाका लागि कोशीमा दुई सिटमा निर्वाचन हुँदैछ।








प्रतिक्रिया